Introduction of Organization


नेपालको पूर्वि पहाडी क्षेत्र चिसो हिमाली हावापानी, धेरै आद्रता भएको तथा अन्य क्षेत्रभन्दा धेरै वर्षा हुने हुदा यस क्षेत्रमा कृषिवालीको उत्पादन धेरै राम्रो हुने गर्दछ । यस क्षेत्रको वागवानी वालीहरु फलफूल खेति, तरकारी खेती, चिया, कफि तथा विभिन्न नगदे वालीहरुमा कृषकस्तरमा नयाँ र आयमूलक कृषि प्रविधिहरुको प्रचार प्रसार गरी आयस्तर वृद्धि गर्ने उद्धेश्यले २०३४ सालमा यो फार्मको स्थापना भएको हो । यस फार्मको स्थापना भएपछि यस क्षेत्रमा नयाँ र उन्नत जातका तरकारी तथा फलफूलहरुको विकास कृषकस्तरमा शुरु भएको छ । फलफूलहरुमा स्याउ, नास्पती, आरु, आरुवखडा, ओखर जस्ता फलफूलहरु फार्ममा तथा कृषकहरुमा खेति भैरहेको छ । हाल नेपालको पूर्वि पहाडी क्षेत्रमा कृषकस्तरमा व्यवशायिक रुपमा खेति शुरु गरिएकोे नयाँ फलफूल वाली किवीफले प्राथमिकता पाउन थालेको छ र यस फार्मले प्रर्दशनी तथा तालिम कार्यक्रमको आयोजना गरी यो फलको दिगो रुपमा सफल पार्न महत्वपूर्ण भूमिका खेल्दैछ । 
यस फार्मको जम्मा १७ हेक्टर मध्ये १२ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । हाल खेति गरिएको फलफुल वालीहरुमा स्याउ, नास्पती, आरु, आरुवखडा तथा किवीफल छ भने सिजन अनुसार तरकारी वालीहरुको विरुवा उत्पादन तथा वीउ उत्पादन गरिदै आएको छ । हाल यस फर्म संग पर्याप्त भवनहरु रहेको छ र दक्ष प्राविधिक स्टाफहरु भएकोले यो फार्मले पहाडी क्षेत्रको वागवानी विकासमा उल्लेख्य योगदान दिन सक्दछ । प्रमुख समस्याको रुपमा यो फार्म सम्म मोटर जाने वाटो अभाव भएको छ र ढुवानी तथा आवत जावतको समस्या भएकोले मोटर वाटो तथा सवारी साधनको व्यवस्था हुन जरुरी भएको छ । अतः यस फार्मको विकासमा सम्वन्धित सवै पक्षहरुवाट सकारात्मक सुझाव तथा सहयोगको अपेक्षा गरेका छौ ।
यो वागवानी फार्म नेपालको पूर्वि पहाडी ११ जिल्लाको लागी वागवानी सम्वन्धी तालिम तथा प्रविधिको श्रोत केन्द्रको रुपमा विकास हुदैछ र नेपालको वागवानी विकासमा यस फार्मले उल्लेख्य सहयोग पुर्याउने दखिन्छ तसर्थ सवै पक्षवाट सहयोगको अपेक्षा गरिएको छ । 
 
स्थापना  :२०३४ साल 
उच्चाई   :२३९६ मिटर (७९०० फिट)
जम्मा क्षेत्रफल  ः १७.५ हेक्टर (३५१ रोपनी) 
विकास क्षेत्र : पूर्वान्चल 
अन्चल  ः सगरमाथा 
जिल्ला  ः सोलुखुम्वु 
नगरपालिका : दुधकुण्ड नगरपालिका वडा नं. ४
जमिनको मोहडा  ः दक्षिण पश्चिम फर्केको
सरदर वार्षिक वर्षा  ः १७५५ मिलीमिटर
सरदर वार्षिक तापक्रम  : –७ देखि २८ डिग्रि सेल्सियस सम्म
सापेक्षित आद्रता : ५० देखि १०० प्रतिशत सम्म
काठमाण्डौवाट दुरी : २९८ किलोमिटर