Kiwi Fruit


के हो किवीफल भनेको ?

किवीफल लहरामा फल्ने एक प्रकारको सवभन्दा पोषिलो फल हो । फल अण्डा आकारको खैरो रंगको मसिनो झुसले ढाकेको हुन्छ । एक पटक लगाए पछी लामो समय सम्म (४० – ५० वर्ष) लगातार फल दिईरहन्छ । नेपालको हावापानीमा यो फल चैत्र वैशाख महिनामा फुल फूल्दछ र कार्तिक मङ्गसिर महिनामा फल टिप्नको लागी तयार हुन्छ । यो फललाई पहिला चाईनिज गुजवेरी भनिन्थ्यो पछि न्यूजिल्याण्ड देशमा व्यापारिक नाम किवीफल राखिएको हो ।  नेपालको विभिन्न क्षेत्रहरु, ईलाम, दोलखा, मकवानपुरको वज्रवाराही, गुल्मीको भार्से, तथा सोलु जिल्लाको जंगलमा किवीफलकोे जंगली प्रजाती पाइएको छ । यो जंगली अवस्थाको किवीफललाई स्थान अनुसार ठेकिफल, गाईथुने फल, फेमियाल्दो आदी नामले चिनिन्छ । जंगली फल पाईनुको अर्थ यो हावापानी किवीफलको लागी उपयुक्त छ भन्ने जानाकारी हुन्छ । 

कस्तो ठाँउमा यसको खेती गरिन्छ , नेपालमा यसको संभाव्यता कस्तो छ ? 

यसको लागी  सिंचाईको सुविधा भएको तर पानी नजम्ने जग्गा उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा यो फल १२०० मिटर देखि माथी २४०० मिटरको उच्चाई सम्म आरु आरुवखडा, नास्पती जस्ता फलफूल हुने उच्च पहाडी क्षेत्रमा किवीफलको खेती गर्न उपयुक्त हुन्छ । नेपालको हिमालय देखि तल्लो उच्च पहाडी क्षेत्र हिउदमा चिसो हुने र वर्षामा पानी पर्ने वढी आद्रता ९ऋयय िज्गmष्म० भएको हावापानी यसको लागी उपयुक्त हुन्छ । नेपालको पूर्व पहाडी जिल्लाहरु सोलुखुम्वु, ईलाम, पाँचथर, ताप्लेजुङ्ग, खोटाङ्ग जिल्लाहरुमा यसको लागी उपयुक्त हावापानी भएकोले यो फलको खेति तिव्र रुपमा वृद्धि हुदै गएको छ । नेपालको पहाडी क्षेत्रमा यसको व्यावशायिक खेति गर्न सकिने ठुलो सम्भाव्यता रहेको छ । गुणस्तरको फल फल्ने जात लगाउन सकेमा यसको वजार धेरै रहेकोले कृषकहरु यसको व्यावशाय प्रति आकर्षित भएका हुन् । 

सोलुखुम्वु जिल्लामा किवीफलको स्थिति कस्तो छ ?

सोलुखुम्वु जिल्लामा जिल्ला कृषि विकास कार्यलयको पहलमा सवैभन्दा पहिला २०६९।०७० साल देखि किवीफलको खेति सुरुवात गरिएको हो । यस जिल्लामा सरकारी, गैरसरकारी सस्थाहरुको अनुदान सहयोग तथा कृषकहरुको आफ्नै लगानीमा किवीफलको धेरै विरुवा लगाईएको छ ।  हाल सम्म एब्ऋत् परियोजना वाट ३२ वटा र हिमाली आयोजनावाट ९ वटा गरी जम्मा ४१ वटा ठुला व्यावशायिक आयोजनाहरु किवीफलको लागी छनोट भएको छ र निकै धेरै रकम लगानी भैसकेको छ । आ.व. २०७२।०७३ सम्म जि.कृ.वि.का.को सकृयतामा ११७०० किवीफलको विरुवा वितरण भएको र ३९ हेक्टर क्षेत्रफल ओगटेको छ । धेरै कृषकहरुले आफ्नेै पहलमा विरुवा लगाएकाले तथ्याङ्ग अध्यावधिक गर्न जरुरी छ । हाल सम्म यस जिल्लामा उत्पादन वजारमा आईसकेको छैन अव आगामी वर्षहरुमा उत्पादन वृद्धि हुदै जादा वजारले मागेको जस्तो फलको गुणस्तर नभएमा वजारीकरणको समस्या आउन सक्दछ । तसर्थ सम्वन्धित निकायहरुले यसको वजारीकरणलाई सहयोग पुग्ने कार्यक्रम संचालन गर्नु जरुरी भएकोे छ । वजारीकरण कार्यलाई सहयोग पुर्याउन वागवानी केन्द्रले यस जिल्लामा किवीफलको प्रशोधन उद्योग खोल्ने तयारी यस वर्षनै गर्दैछ । 

किवीफलको कतिथरी जातहरु हुन्छ ?

सोलुखुम्वु जिल्लामा जिल्ला कृषि विकास कार्यलयको पहलमा सवैभन्दा पहिला २०६९।०७० साल देखि किवीफलको खेति सुरुवात गरिएको हो । यस जिल्लामा सरकारी, गैरसरकारी सस्थाहरुको अनुदान सहयोग तथा कृषकहरुको आफ्नै लगानीमा किवीफलको धेरै विरुवा लगाईएको छ ।  हाल सम्म एब्ऋत् परियोजना वाट ३२ वटा र हिमाली आयोजनावाट ९ वटा गरी जम्मा ४१ वटा ठुला व्यावशायिक आयोजनाहरु किवीफलको लागी छनोट भएको छ र निकै धेरै रकम लगानी भैसकेको छ । आ.व. २०७२।०७३ सम्म जि.कृ.वि.का.को सकृयतामा ११७०० किवीफलको विरुवा वितरण भएको र ३९ हेक्टर क्षेत्रफल ओगटेको छ । धेरै कृषकहरुले आफ्नेै पहलमा विरुवा लगाएकाले तथ्याङ्ग अध्यावधिक गर्न जरुरी छ । हाल सम्म यस जिल्लामा उत्पादन वजारमा आईसकेको छैन अव आगामी वर्षहरुमा उत्पादन वृद्धि हुदै जादा वजारले मागेको जस्तो फलको गुणस्तर नभएमा वजारीकरणको समस्या आउन सक्दछ । तसर्थ सम्वन्धित निकायहरुले यसको वजारीकरणलाई सहयोग पुग्ने कार्यक्रम संचालन गर्नु जरुरी भएकोे छ । वजारीकरण कार्यलाई सहयोग पुर्याउन वागवानी केन्द्रले यस जिल्लामा किवीफलको प्रशोधन उद्योग खोल्ने तयारी यस वर्षनै गर्दैछ । 

यो फल कसरी खाने र के फाईदा छ ?

किवीफल स्याउ, सुन्तला जस्तो यत्तिकै वोटवाट टिप्नासाथ सजिलो संग खान मिल्दैन । यसको फल वोटमा छिप्पीए पछि टिपेर राखिन्छ र फल छाम्दा गिलो भएर पाके पछी खानको लागी तयार हुन्छ । चक्कुको सहयाताले पातलो वोक्रा हटाएर भित्रको सवै भाग सलादको रुपमा तथा यत्तिकै खान सकिन्छ । यो फलको राम्रो र ठुलो दाना ग्रेडिङ्ग गरेर विक्री गर्ने र साना र विक्रीको लागी अयोग्य फलवाट किवीफल जुस, जाम, वाईन जस्ता वहुमूल्य परिकार प्रशोधन गरी व्यावशाय संचालन गर्न सकिन्छ । यो फल काँचो खाएमा अमिलो हुन्छ । यसमा भिटामिन सि तथा अन्य खनिज पदार्थ धेरै भएकोले स्वास्थ्यको लागी वहुउपयोगी छ । यो फलको औषधिजन्य गुण धेरै छ, पेट सम्वन्धि रोगहरु, न्यूमोनिय, दम, रक्तचाप, कोलेष्टेरोल, मधुमेह जस्ता धेरैथरी रोगहरुमा समेत उपयोगी भएकोले यस फलको महत्व धेरै भएको हो । 

किवीफलको वजार कस्तो छ ?

कुन व्यावशाय कति परिमाणमा गर्ने भन्ने विषय वजारले किटान गर्ने गर्दंछ । कृषकहरु यस खेति प्रति आकर्षित हुनाको कारण पनि यो फलको वजार राम्रो भएकोले हो । हाल यो जिल्ला तथा अन्य जिल्लामा उत्पादन भएको किवीफल रु.२०० देखि ४०० सम्म विक्री भएको छ भने काठमाण्डौ सुपरमार्केटमा विदेशवाट आयतित किवीफल रु ७००। मा विक्री भएको छ । यो मूल्य उत्पादक कृषकको लागी राम्रो हो भने नेपाली सर्वसाधारणको क्रयशक्ती भन्दा वाहिरको मूल्य हो । तसर्थ गुणस्तरीय फलको उत्पादन वढाई फल सर्वसाधारको पहुचमा पनि पुर्याउनु छ  भने आयात प्रतिस्थापन पनि गर्नु जरुरी छ । नेपाली किवीफलको माग भारत, वङ्गलादेश तथा खाडी मुलुकहरुमा धेरै रहेको छ । 

हाल किवीफल वजारीकरणमा भएको प्रमुख समस्या के हो ?

हाल नेपालमा किवीफल वजारीकरणमा भएको प्रमुख समस्या कम गुणस्तरको फल उत्पादन हुनु हो । फल कम गुणस्तर हुनुमा राम्रो जातको विरुवा नभएकोले हो । वजारमुखी जातको विरुवा उत्पादन नहुनुमा नर्सरीधनीहरुलाई राम्रो प्राविधिक सल्लाहा नभएकोले हो । किवीफल नरम फल हो र लामो समय सम्म भण्डारण गर्न शित भण्डारको आवस्यकता पर्दछ तसर्थ अवको योजना जिल्लामा एउटा शितभण्डार गृह निर्माण गर्नु जरुरी भएको छ । 

समस्या समाधानको प्रमुख उपाय के होला ?

के हो त गुणस्तरीय फल भनेको ? अनि कसरी फलाउने त यस्तो वजारमा सजिलै विक्री हुने किवीफल भन्ने विषयमा किवीफल व्यावशायीलाई जानाकारी हुन जरुरी छ ।  लगानी नगरी पनि विकास संभव हुदैन र लगानी सदुपयोग भएन भने पनि व्यवसाय सफल हुदैन । संसारमा किवीफलको वजारस्थिति वुझ्दा र नेपालमा भित्रिएको किवीफल हेर्दा सवैजसो हेवार्ड जातको छ । हेवार्ड जात लोकप्रिय हुनाको कारण भण्डारण लामो समयसम्म हुने र उपभोक्ता लाई मनपर्ने आकार, साईज र स्वादको भएकोले हो । वजारमा विदेशवाट आयत गरी विक्रीमा राखेको जस्तै गुणस्तरको किवीफल नेपालको हावापानीमा सजिलै फलाउन सकिन्छ । नेपालको जहाँ जहाँ  हेवार्ड जातको वोट छ त्यहाँ गुणस्तरको फल फलिसकेको छ । तसर्थ अव नेपालमा किवीफल सफल पार्न सवभन्दा पहिला नर्सरीहरुमा वजारमा सजिलै विक्री हुने हेवार्ड जातको किवीफलको विरुवा उत्पादन गर्न लगाउनु पर्दछ । नयाँ वगान स्थापना गर्ने कृषकहरुले पनि हेवार्ड जातको विरुवा लगाउनु पर्दछ । अन्य समस्याहरु काँटछाट, कोल्डस्टोरको अभाव, मलजल तथा खेति प्रविधि जस्ता समस्याहरु धेरै हुन सक्दछ । तर विरुवा नराम्रो परे सवै कार्य निरर्थक जस्तै हुन्छ । 

किवीफल व्यावशाय सफल पार्न कसले के गर्ने :

१, निजी नर्सरीधनीहरु तथा फार्म केन्द्रहरु

फलफूल नर्सरी लामो अवधिको कृषि व्यवसाय हो । यस्तो कार्य शुरुगर्दा नर्सरीधनीहरुले दीर्धकालिन उपलव्धि के हुने भन्ने कुरा अग्रीम सोच विचार गरेर शुरु गर्नु पर्दछ । नर्सरी शुरु गर्नुहुने कृषकहरुले किवीफलका धेरै जातहरु हुन्छन् र सवैजातहरु वजारमुखी छैनन् भन्ने कुरा जानाकारी राख्नु पर्दछ । किवीफलको वजार अन्तराष्ट्र्रिय रुपमा निकै प्रतिस्पर्धात्मक भैसकेको छ । हेवार्ड, रेडकिवी र गोल्डेन किवी ताजा फल विक्रीको लागी वजारमुखी जातहरुहुन् भने अन्य (एलिसन, मन्टि, ब्रुनो, एव्वोट) जातहरु जुस, वाईन, जाम जस्ता प्रशोधित परिकार (एचयअभककभम उचयमगअत) को लागि उपयुक्त जातहरु हुन् । नर्सरीधनीहरुले राम्रो जातको एकिन गरेर माउवोट वगान तयार पार्नु पर्दछ । तयार भएको रुटस्टकमा उपयुक्त जातको सायन जोडेर गुणस्तरको विरुवा विक्री गर्नु पर्दछ  तसर्थ अवको दिनहरुमा नेपालमा किवीफल व्यवसाय सफल पार्नको लागि नर्सरी धनीहरुले हेवार्ड जातको धेरै विरुवा उत्पादन गर्नु पर्दछ 

२, किवीफलको व्यवसाय शुरु गर्नुहुने कृषकहरु : 
 
नेपालमा किवीफल व्यवसाय सफल पार्नमा नयाँ वगान स्थापना गर्नुहुने कृषकहरुले वजारमुखी जातको विरुवा कहाँ र कसरी पाउने भन्ने सवभन्दा ठूलो समस्या रहेको छ । ठुलो लगानी गरेर नया वगान स्थापना गर्नुहुने कृषकहरुले पनि किवीफलको धेरैथरी जातहरु हुन्छ, जुन पायो त्यही लगायो भने पछि वजारको समस्या पर्दछ भन्ने कुरा थाहा पाउनु पर्दछ । कस्तो फल फलायो भने वजारमा सजिलै विक्री हुन्छ ?, वजारमा कति मूल्यमा विक्री हुन्छ ?, किवीफल व्यवसाय सफल पार्न के के कुरामा ध्यान दिनु पर्दछ ? जस्ता आभारभूत कुराहरुको उत्तर अग्रिम थाहा पाउनु पर्दछ । यस्ता कुराहरु अग्रीम थाहा पाउन विषय विषेशज्ञ संग प्राविधिक परामर्श लिनु पर्दछ । 
३, सरकारी तथा गैर सरकारी निकायहरु ः 
नेपालमा किवीफल व्यवसाय सफल हुनको लागि सरकारी तथा गैरसरकारी सहयोगी संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । सक्वन्धित निकायहरुले नर्सरी निरीक्षण गरी राम्रो जातको विरुवा उत्पादन गर्ने प्रविधि सिकाउनु पर्दछ । भरपर्दो उपायवाट नर्सरीको सिफारिस गर्नु पर्दछ । हाल धेरै जिल्लाहरुमा किवीफल उत्पादन शुरु भैसकेको छ तर शित भण्डारको अभावको कारण चाडै विक्री गर्नु पर्ने अवस्था भएकोले शित भण्डारको आवस्यकता भएको छ । 
किवीफल व्यावशाय अन्य फलफूल लगाए जस्तो होईन, शुरुमा विरुवालाई सपोर्ट व्यवस्थापन गर्न धेरै लगानी लाग्दछ र काँटछाट तथा अन्य खेति प्रविधिवारे कृषकहरुलाई जानाकारी गराउनु पर्दछ । तसर्थ अनुदानमा सचालन गरिने कार्यक्रमहरु विरुवा वितरण, तालिम, अवलोकन भ्रमण  जस्ता कार्यक्रमहरु संचालन गर्नु जरुरी छ र नयाँ फल भएकोले यसको महत्व सर्वसाधारणमा प्रचार प्रसार गर्न जानाकारी मूलक होर्डिङ वोर्ड हरु सार्वजनिक स्थानमा राख्ने, मेला महोत्सव जस्ता कार्यक्रम गर्न जरुरी छ ।
 
किवीफल नेपालका पहाडी कृषकहरुको लागि आर्थिक उन्नति र पोषण सुधार गर्ने राम्रो अवसर हो । यो उच्च मूल्य पर्ने, उद्यमशिलता वढाउने तथा मूल्य अभिवृद्धि गर्न ९ख्बगिभ बममष्तष्यल०  सकिने वाली हो । यसको खेतीवाट आर्थिक फाईदा धेरै हुने हुदा खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य सवै पक्षमा सुधार हुने हुँदा सहि तरिकावाट खेतीमा वढावा गरी सफल व्यवसायी वनाउन सवैको सहकार्य जरुरी छ । 

प्रतिक्रृया तथा सम्पर्कको लागी

चन्द्र मान श्रेष्ठ (वरिष्ठ वागवानी विकास अधिकृत)
वागवानी केन्द्र, फाप्लु, सोलुखुम्वु 
फोन : ९८४४१५४४८२

इमेल : chandrashrestha700@gmail.com