Articles


/public/admin/plugin/kcfinder/upload/files/Kiwifruit%20success%20in%20Solu%20district.pdfनेपालको पूर्वि पहाडी क्षेत्र चिसो हिमाली हावापानी, धेरै आद्रता भएको तथा अन्य क्षेत्रभन्दा धेरै वर्षा हुने हुदा यस क्षेत्रमा कृषिवालीको उत्पादन धेरै राम्रो हुने गर्दछ । यस क्षेत्रको वागवानी वालीहरु फलफूल खेति, तरकारी खेती, चिया, कफि तथा विभिन्न नगदे वालीहरुमा कृषकस्तरमा नयाँ र आयमूलक कृषि प्रविधिहरुको प्रचार प्रसार गरी आयस्तर वृद्धि गर्ने उद्धेश्यले २०३४ सालमा यो फार्मको स्थापना भएको हो । यस फार्मको स्थापना भएपछि यस क्षेत्रमा नयाँ र उन्नत जातका तरकारी तथा फलफूलहरुको विकास कृषकस्तरमा शुरु भएको छ । फलफूलहरुमा स्याउ, नास्पती, आरु, आरुवखडा, ओखर जस्ता फलफूलहरु फार्ममा तथा कृषकहरुमा खेति भैरहेको छ । हाल नेपालको पूर्वि पहाडी क्षेत्रमा कृषकस्तरमा व्यवशायिक रुपमा खेति शुरु गरिएकोे नयाँ फलफूल वाली किवीफले प्राथमिकता पाउन थालेको छ र यस फार्मले प्रर्दशनी तथा तालिम कार्यक्रमको आयोजना गरी यो फलको दिगो रुपमा सफल पार्न महत्वपूर्ण भूमिका खेल्दैछ । 
यस फार्मको जम्मा १७ हेक्टर मध्ये १२ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । हाल खेति गरिएको फलफुल वालीहरुमा स्याउ, नास्पती, आरु, आरुवखडा तथा किवीफल छ भने सिजन अनुसार तरकारी वालीहरुको विरुवा उत्पादन तथा वीउ उत्पादन गरिदै आएको छ । हाल यस फर्म संग पर्याप्त भवनहरु रहेको छ र दक्ष प्राविधिक स्टाफहरु भएकोले यो फार्मले पहाडी क्षेत्रको वागवानी विकासमा उल्लेख्य योगदान दिन सक्दछ । प्रमुख समस्याको रुपमा यो फार्म सम्म मोटर जाने वाटो अभाव भएको छ र ढुवानी तथा आवत जावतको समस्या भएकोले मोटर वाटो तथा सवारी साधनको व्यवस्था हुन जरुरी भएको छ । अतः यस फार्मको विकासमा सम्वन्धित सवै पक्षहरुवाट सकारात्मक सुझाव तथा सहयोगको अपेक्षा गरेका छौ । 
यस पुस्तिकामा जिल्लाको परिचय साथै आ.व. २०७२÷०७३ मा संचालित कार्यक्रमहरुको वृस्तित विवरण दिईएको छ । यस पुस्तिका प्रकाशन गर्न प्रमुख रुपमा सहयोग पुर्याउने प्राविधिक सहायक श्री प्रविणि लाल श्रेष्ठज्यू तथा सवै स्टाफहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 
धन्यवाद ।
 
चन्द्र मान श्रेष्ठ
वरिष्ठ वागवानी विकास अधिकृत
तथा फार्म परिवार
सम्पर्क : ९८४४१५४४८२, ०३८–५२०११६